Search This Blog

Hawaijahaj हवाइजहाज म लाखौं चढी आउँला

 

Hawaijahaj


हवाइजहाज म लाखौं चढी आउँला



बाटै नभए समुन्द्र तरी आउँला
थाहा छैन कसरी, जसरी, त्यसरी म आउँछु
मेरो मन तिम्लाई अंगाली नै बुझाउँछु
Ooh-oh, oh-ooh, ooh, whoo

धेरै गरे प्रयास तिमीलाई भन्न
मेरा भावना शब्दहरुलाई सिंगारेर

शब्दहरुलाई सजाएर
तर, बुझाउने तिमीलाई मैले शब्दहरुमा समेटेर
कसरी पाएँ खुशी, तिमीलाई मैले भेटेर
सकिँदैन, सम्भव छैन, तिमीलाई न अङ्गालेसम्म मैले
म आउँनेछु त्येसैले हवाइजहाजमा

बिहान-बेलुका त्यहि एउटा सपना बोकी
तिम्लाई अंगालोमा राखौं म एक चोटी
आज, भोलि भन्दै, गन्दै दिनहरुलाई
तिम्लाई देख्ने, तिम्लाई अघि बढाई ल्याउछु
Ooh-oh, oh-ooh, ooh, whoo

धेरै भैसक्यो तिमीलाई नदेखेको
मेरो मुटुले आफ्नो धड्कनलाई नभेटेको, हम्म
तर अब सामु नपरी, भन न माया कसरी

बुझाउने तिम्लाई मैले शब्दहरुमा समेटेर?
कसरी पाएँ खुशी, तिमीलाई मैले भेटेर
सकिँदैन, सम्भव छैन, तिमीलाई न अङ्गालेसम्म मैले
म आउँनेछु त्येसैले हवाइजहाजमा

उडी-उडी आकाशमा हवाइजहाज चढेर
लडिबुडी बतासमा पाइला पाइला गनेर
तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ
तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु छ

उडी-उडी आकाशमा हवाइजहाज चढेर
लडिबुडी बतासमा पाइला पाइला गनेर
तिम्रो अनुहारको चित्र स्पर्शले बनाउँनु छ
तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउँनु छ

 

 

No comments:

Post a Comment